images
images
  • बालेन एक्सन : भिआइपीको हातमा हत्कडी, गरिबको बस्तीमा डोजर, आफ्नै मन्त्रीलाई बर्खास्त

    काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएको एक महिना पूरा हुँदा सरकारको कामकारबाही ‘एक्सन–ओरियन्टेड’ देखिएको छ, तर कतिपय प्रतिबद्धता अझै कार्यान्वयनमा आउन सकेका छैनन् ।

    गत १३ चैतमा बनेको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै आक्रामक कदम चाल्यो ।

    पहिलो महिनामै केपी शर्मा ओली र रमेश लेखक पक्राउदेखि विभिन्न भिआइपीमाथि अनुसन्धान अघि बढाइयो ।

    व्यवसायीहरू समेत कारबाहीको दायरामा परे ।

    सरकारले संविधान संशोधन बहसका लागि कार्यदल गठन, उच्चस्तरीय छानबिन आयोग निर्माण र विभिन्न निकायसँग सक्रिय संवादलाई पनि तीव्रता दियो ।

    साथै, काठमाडौं उपत्यकामा थापाथली, सिनामंगल, शान्तिनगरलगायत क्षेत्रमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु गरिएको छ ।

    यद्यपि, १०० कार्यसूचीअन्तर्गत ३० दिनभित्र पूरा गर्ने भनिएका धेरै काम भने अल्झिएका छन् ।

    दलित समुदायप्रति औपचारिक क्षमायाचना, भ्रष्टाचारविरुद्धको राष्ट्रिय कार्ययोजना, सेवा प्रवाह सुधारका मापदण्ड, फाइल ट्र्याकिङ प्रणाली जस्ता महत्त्वपूर्ण काम अझै अघि बढ्न सकेका छैनन् ।

    एक महिनाको मूल्यांकन गर्दा सरकारको शैली आक्रामक र देखिने खालको भए पनि नीतिगत तथा संरचनागत सुधारमा गति लिन बाँकी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images