images
images
  • लेबनानमा भीषण आक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं- लेबनानको दक्षिणी भेगमा भएका इजरायली हवाई हमलामा १४ जनाको मृत्यु भएकाे छ ।

    अप्रिल १६ देखि सुरु भएको र हालै मे मध्यसम्मका लागि बढाइएको अमेरिका मध्यस्थताको युद्धविरामका बाबजुद यो घटना भएको अलजजिराले जनाएको छ ।

    लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, मृत्यु हुने १४ जनामा दुई महिला र दुई बालबालिका रहेका छन् । यसबाहेक ३७ जना अन्य घाइते भएका छन् ।

    इजरायली युद्धविमानले कफर तिबनित र जावतार अल–शर्किया लगायतका गाउँहरूमा आक्रमण गरेका थिए, जहाँ एउटा मस्जिद र अन्य धार्मिक भवनहरू ध्वस्त भएका छन् ।

    इजरायलले पनि दक्षिण लेबनानमा भएको भिडन्तका क्रममा आफ्ना एक सैनिकको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images