काठमाडौं – बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका सुकुम्बासीहरू धमाधम सरकारको सम्पर्कमा आउन थालेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेसम्म ४३२ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह को निर्देशनपछि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा बस्ती हटाइएपछि धेरै सुकुम्बासी डर र अन्योलमा परेर अन्यत्र सरेका थिए। अहिले भने उनीहरू पुनः रंगशालामा आएर विवरण दर्ता गराइरहेका छन्।
सरकारले आवास र खानपिनको व्यवस्था गर्न नसक्ने परिवारका लागि हेल्प डेस्क स्थापना गरेको छ भने विवरण संकलनपछि पाँच वटा होल्डिङ सेन्टरमा बसोबासको व्यवस्था गरिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्























