काठमाडौं– नेकपा (एमाले)ले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
वैशाख १० गते बसेको समन्वय/परामर्श कमिटी बैठकले यस्तो निर्णय गर्दै महासचिव शंकर पोखरेलमार्फत ८ बुँदे निर्देशन तल्लो तहमा पठाएको हो ।
निर्देशनअनुसार, निर्वाचनमा रास्वपा लगायत अन्य पार्टीलाई सहयोग गर्ने सदस्यहरूमाथि अनुशासनका आधारमा कारबाही गरिनेछ ।
साथै, मृत्यु भएका, पार्टी त्याग गरेका वा दोहोरो सदस्यता भएका व्यक्तिहरूको नाम रेकर्डबाट हटाइनेछ ।
त्यसैगरी, ११औँ महाधिवेशनपछि जिम्मेवारीबाट मुक्त भएका नेताहरूको विवरण वैशाख मसान्तभित्र संकलन गरी पठाउन पनि भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















