images
images
  • दिल्ली विमानस्थलमा विमानमा आगलागी : २३२ यात्रुमध्ये ६ जना घाइते

    काठमाडौं– स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ ।

    उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन् ।

    यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।

    दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १ः०८ बजे धावनमार्गमा थियो ।

    विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए ।

    आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ ।

    विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो ।

    विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images