images
images
  • गगनले आफ्ना ससूरालाई संसदीय दलको नेता बनाउन खोजे, विश्वले मानेनन्, पछि हटे केसी

    काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताको निर्वाचन नलड्ने स्पष्ट गरेका छन् ।

    उनले सहमतिबाट नेतृत्व चयन भएमा वरिष्ठता र अनुभवका आधारमा मापदण्ड तय गर्नुपर्ने सुझाव दिएका छन् ।

    केसीले आफू दलको नेता चयनमा बाधक नभएको भन्दै ‘म निर्वाचन लड्दिन’ भनेर पहिल्यैदेखि बताउँदै आएको उल्लेख गरे ।

    साथै, कर्णालीकी महिला, युवा तथा प्रत्यक्ष निर्वाचित सांसद वासना थापालाई दलको नेता बनाइए आफू प्रस्तावक बस्न तयार रहेको पनि उनले बताए ।

    केसी सभापति गगन थापाका ससूरा हुन् ।

    यसअघि केसीलाई गगनले नेता बनाउनैपर्ने दबाब दिए पनि उपसभापति विश्वप्रकाश शर्माले नमानेपछि उनी पछि हटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images