images
images
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    सुकुमवासी बस्ती हटाउने अभियान चलिरहेका बेला आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

    एक मन्त्रीका अनुसार दिउँसो करिब १ः३० बजे बैठकबारे जानकारी दिइएको थियो ।

    सार्वजनिक बिदाको दिन आइतबार नै बैठक डाकिनुलाई विशेष अर्थका रूपमा हेरिएको छ ।

    काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान शनिबारदेखि जारी छ ।

    यही परिस्थितिमा बोलाइएको बैठकले महत्त्वपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images