images
images
  • नेकपा केन्द्रीय संयोजक समितिको बैठक आह्वान, यी हुन् छलफलका एजेन्डा

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

    बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव प्रस्तुत गरिनेछ ।

    नेता प्रकाश ज्वालाका अनुसार बैठकले कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय तथा केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा निर्णय गर्नेछ ।

    यसअघि चुनावी समीक्षा प्रतिवेदनमाथि छलफल भइसकेको छ भने नेताहरूको सुझावका आधारमा प्रतिवेदन पुनर्लेखन गरिनेछ ।

    प्रदेश तथा विभागीय जिम्मेवारी बाँडफाँटमा पूर्व दलहरूको सन्तुलन मिलाउने मापदण्ड अपनाइने तयारी छ ।

    बैठकले १२५ सदस्यीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिने, साथै महाधिवेशनको मिति तय गर्ने सम्भावना छ ।

    पार्टीले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images