images
images
  • राजीनामा दिएका सुधनको गिरोह गृह मन्त्रालयमा सक्रिय, उनीहरूकै हातमा तालाचाबी

    काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएको तीन दिन बितिसक्दा पनि सुधन गुरुङको टिमले गृह मन्त्रालयको दैनिक कामकाजमा प्रभाव कायम राखेको पाइएको छ ।

    मन्त्रालयको कार्यभार हाल प्रधानमन्त्री वालेन्द्र शाहले सम्हाले पनि गुरुङका स्वकीय सचिव जेम्स कार्की नियमित रूपमा मन्त्रालय उपस्थित भई कर्मचारी र सुरक्षा निकायसँग ‘ब्रिफिङ’ लिने तथा निर्देशन दिने काममा सक्रिय देखिएका छन् ।

    गृह मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्रीस्तरीय निर्णयका लागि फाइल प्रधानमन्त्री कार्यालय पठाइने भए पनि बाँकी प्रशासनिक समन्वय र सञ्चालनमा पुरानै टोलीको सक्रियता छ ।

    कार्कीले मन्त्रालयका अधिकारीहरूलाई कार्यकक्षमै बोलाएर रिपोर्टिङ लिने गरेको स्रोतको दाबी छ ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायीसँग सम्बन्ध जोडिएको आरोपपछि गुरुङले वैशाख ९ मा राजीनामा दिएका थिए ।

    उनी करिब एक महिना पनि नटिकी पदबाट बाहिरिएका हुन् ।

    यसबीच, नयाँ गृहमन्त्री नियुक्त गर्नेबारे सरकारभित्र औपचारिक छलफल सुरु नभएको बताइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार पार्टीबाट नयाँ नाम नआएसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले राख्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images