भक्तपुर– मनोहरा खोला किनारको सुकुमबासी बस्तीमा अनधिकृत घर–टहरा हटाउन आज बिहानैदेखि व्यापक सुरक्षाबीच डोजर परिचालन गरिएको छ ।
करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गर्दै एक दर्जनभन्दा बढी डोजर प्रयोग गरी संरचना भत्काउन थालिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।
हिजो साँझ डोजरमाथि आक्रमण भएपछि आज सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
बस्तीमा ७७७ घर–टहरा रहेको बताइएको छ ।
यसअघि शनिबार सात वटा पक्की घर भत्काउँदा अवरोध भएको थियो भने आजको कार्य शान्तिपूर्ण रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















