काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार सुन २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ, जुन शुक्रबार ४ हजार ९४५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















