काठमाडाैं । काठमाडौंको मनोहरा सुकुम्वासी बस्ती आज भत्काइँदै छ । बस्ती भत्काउन अहिले त्यहाँ डोजर पुगेको छ ।
बस्ती भत्काउनुअघि त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्तीहरु शनिबार नै खाली गर्ने तयारी भए पनि त्यो प्रक्रिया रोकिएको थियाे ।
काठमाडौं महानगर र प्रहरी टोली राति मनोहराको बस्तीमा गए पनि डोजरमाथि ढुंगामुढा भएपछि फर्किएका थिए । शनिबार (वैशाख १२) थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























