काठमाडौं– सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै अध्ययनका लागि इजरायल पुगेका जोशी गाजामा भएको घटनामा परेर मृत्यु भएको जानकारी दिए ।
सरकारले यसअघि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू मात्र सार्वजनिक गर्दै आएको थियो ।
तर, यसपटक भने हालसम्मका विभिन्न बैठकका निर्णयहरू एकैसाथ सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















