images
images
  • सेयर बजार : ३ कम्पनीको मूल्य १५ प्रतिशतले उकालो

    काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा लगातारको गिरावट रोकिएको छ।

    अघिल्ला चार दिन निरन्तर ओरालो लागेको बजार यस दिन सामान्य सुधारसहित बन्द भएको हो।

    यस दिन नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८ अंकमा पुगेको छ।

    कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ।

    बिहीबार ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    कारोबारमा ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    उपसूचकतर्फ अधिकांश समूहमा मिश्रित अवस्था देखिएको छ।

    बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन तथा व्यापार समूहमा सामान्य वृद्धि भएको छ।

    यता अन्य समूहमा सबैभन्दा बढी १.०२ प्रतिशतले गिरावट आएको छ।

    त्यस्तै निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र फाइनान्स समूहमा पनि सामान्य गिरावट देखिएको छ।

    आज तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

    पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावरको मूल्य १५ प्रतिशतका दरले बढेको छ।

    यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६२ प्रतिशतले बढ्दा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशतले उकालो लागेको छ।

    यता मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ।

    कारोबारका आधारमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images