images
images
  • गगन–विश्वको टक्करले संसदीय दलको नेता चयन स्थगित

    काठमाडौं– नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ ।

    निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा प्रक्रिया रोकिएको हो, तर नयाँ मिति तोकिएको छैन ।

    उपसभापति विश्व प्रकाश शर्मा नेतृत्वको सात सदस्यीय समितिले सहमतिमा नेता चयन गर्ने प्रयास गरिरहेको छ ।

    तर सभापति गगनकुमार थापा र शर्माबीच सहमति जुट्न सकेको छैन ।

    थापाले मोहन आचार्यलाई अघि सारेका छन् भने शर्माले भीष्मराज आङ्देम्बेलाई प्रस्ताव गरेका छन् ।

    यसैबीच अर्जुननरसिंह केसीले सहमति नभए चुनाव लड्ने संकेत दिएका छन् ।

    नेताहरूबीच सहमति नजुट्दा आजका लागि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको हो
    ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images