images
images
  • ऋषी धमला पुनः प्राइम टाइम टेलिभिजनमा फर्किँदै

    काठमाडौं– ऋषि धमलाले पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरे पनि दुवै क्षेत्र सँगसँगै अघि बढाउने संकेत दिएका छन् ।

    गत निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार बनेका उनले ६५५ मत मात्रै प्राप्त गरेर पराजित भए ।

    धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लडेका थिए ।

    उनकी पत्नी एलिजा गौतम पनि सोही पार्टीकी उपाध्यक्ष हुन् ।

    चुनावी हारपछि पनि उनले राजनीति नछोड्ने स्पष्ट पारेका छन् ।

    ‘परिणाम ठूलो कुरा होइन, म जनताका मुद्दामै छु,’ उनले भने ।

    साथै, पत्रकारितामा पनि नयाँ ढंगको कार्यक्रमसहित प्राइम टाइम टेलिभिजनामा फर्किने तयारी भइरहेको बताएका छन् ।

    यसैबीच, प्राइम टेलिभिजनका कर्मचारीले तलब नपाएको विषयमा उनले आफू जानकार रहेको र छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images