काठमाडौं– देशभरका सुकुमबासी बस्ती खाली गराउने सरकारी तयारीसँगै रास्वपा सभापति रवि लामिछाने दबाबमा परेका छन् ।
चुनावी अभियानका क्रममा सुकुमबासीको पक्षमा दिएको उनको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
चितवनमा उनले उचित व्यवस्थापनबिना सुकुमबासी हटाउन नपाइने र जबरजस्ती डोजर चलाइए आफू विरोधमा उत्रिने बताएका थिए ।
तर, अहिले सरकार यस्तो तयारीमा देखिएपछि उनको अडानमाथि प्रश्न उठेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले परामर्शबिना निर्णय लिएको आशंका भइरहे पनि रास्वपाको आन्तरिक स्रोतले भने दुवै नेताबीच छलफलमै योजना अघि बढेको दाबी गरेको छ ।
लामिछानेले मानवीय पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको बताइन्छ ।
यद्यपि, सरकारले औपचारिक निर्णय नगरेको बताउँदै आएको छ भने पार्टीभित्रै पनि यसबारे स्पष्ट धारणा सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















