काठमाडौं– सरकारले डोजर चलाउने तयारी गरेपछि थापाथलीका सुकुम्बासीहरू सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय घेराउ गर्न वनस्थलीतर्फ लागेका छन् ।
सभापति रवि लामिछानेले चुनावका बेला गरेका प्रतिबद्धता सम्झाउँदै शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।
यदि बल प्रयोग भए रास्वपा कार्यालय भत्काइदिने चेतावनीसमेत दिइएको छ ।
सुकुम्बासी अगुवा गोपाल पौडेलका अनुसार व्यवस्थापन नगरी डोजर चलाउन नदिने अडान उनीहरूले लिएका छन् ।
सरकारले भने भोलिदेखि डोजर चलाउने तयारी गरिसकेको छ र सामान सार्न सूचना समेत दिइसकेको छ ।
केही स्थानीय सामान सार्दैछन् भने केही आन्दोलनमा सहभागी हुन बनस्थली पुगेका छन् ।
थापाथलीमै रहेका केही जेनजी अगुवाहरू भने त्यहीँ बसेर समर्थन जनाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















