काठमाडौं– शुक्रबार सुन–चाँदीको भाउ घटेको छ ।
सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ ।
अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो ।
गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















