काठमाडौं– काबिल शिक्षामन्त्रीका रूपमा चिनिएका शिशिर खनाल परराष्ट्रमन्त्री बनेको पहिलो महिनामै तीन विवादमा मुछिएका छन् ।
पहिलो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिबद्धतापत्रमा नेपाललाई ‘बफर स्टेट’ भनिएको विषयमा व्यापक आलोचना हुँदा उनले स्पष्ट धारणा सार्वजनिक गर्न सकेनन् ।
दोस्रो– इरानमा पक्राउ परेका नेपाली अमृत झा रिहा भइसकेको र सरकारको सम्पर्कमा रहेको भन्दै उनले सामाजिक सञ्जालमा दाबी गरे पनि त्यसको पुष्टि हुन सकेन, जसले उनको विश्वसनीयतामाथि प्रश्न उठायो ।
तेस्रो– हिन्द महासागरलाई ‘भारतीय महासागर’ भनेर सम्बोधन गर्दा कूटनीतिक संवेदनशीलतामा कमजोरी देखिएको भन्दै आलोचना भयो ।
यी घटनाले शिक्षामन्त्रीका रूपमा बनेको उनको सकारात्मक छवि परराष्ट्रमन्त्रीका रूपमा भने चुनौतीमा परेको संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















