images
images
  • देउवा गुटको भेला खड्काले बोलाए, यी हुन् छलफलका एजेन्डा

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूको भेला बोलाएका छन् ।

    १५ वैशाखमा धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने भेलामा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र उपलब्ध क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।

    खड्काको सचिवालयका अनुसार ६ वैशाखमा बसेको बैठकपछि भेला डाकिएको हो ।

    सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि उनले धुम्बाराहीमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए भने त्यसअघि गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग पनि परामर्श गरेका थिए ।

    यसैबीच सभापति गगन थापा ६ वैशाखमै खड्कालाई भेट्न गल्फुटार पुगेका थिए ।

    महामन्त्री गुरूराज घिमिरेका अनुसार उक्त भेट शिष्टाचारमै सीमित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images