images
images
  • हर्मुजमा बिच्छ्याइएका बम नष्ट गर्न ट्रम्पको निर्देशन, जहाजमा गोली ठोक्न आदेश

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुंगालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिएका छन् ।

    “मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट अफ हर्मुज’को जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका कुनै पनि डुंगा (साना डुंगाहरू भए पनि) आक्रमण गर्न आदेश दिएको छु,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् ।

    उनले थपे, “त्यहाँ कुनै थप हिचकिचाहट छैन। हाम्रो बारूदी सुरूङ सफा गर्ने जिम्मेवारी पाएका (माइन स्वीपरहरू) अहिले हर्मुज घाँटी सफा गर्दैछन् ।”

    इरानले ट्रम्पको मागलाई बेवास्ता गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो बन्दरगाहमा नाकाबन्दी गरेसम्म स्वीकृत जहाजहरूमध्ये सिमितबाहेक सबैका लागि रणनीतिक जलमार्ग बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    इस्लामावादमा शान्ति वार्ता रोकिएको छ, “इरानले आफ्नो सहभागिताको पुष्टि गरेको छैन र गतिरोधले विश्व अर्थतन्त्रलाई धक्का दिइरहेको छ ।”

    “इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउन धेरै गाह्रो भइरहेको छ!” ट्रम्पले बिहीबार भने ।

    उनले हर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको र इरानले शान्ति सम्झौता गर्न सहमति जनाएपछि मात्र हर्मुज खोल्ने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images