images
images
  • गगन र विश्वप्रकाशको लडाइँले दलको नेता छान्नै मुस्किल

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिना बित्न लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

    दलभित्र सहमति नजुट्दा नेता चयन प्रक्रिया लम्बिएको हो ।

    सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच उम्मेदवारबारे मतभेद देखिँदा ढिलाइ भएको बताइएको छ ।

    थापा प्रत्यक्षतर्फका सांसद मोहन आचार्यको पक्षमा छन् भने शर्मा समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारिरहेका छन् ।

    यसअघि सर्वसम्मत चयनको प्रयास गरिए पनि सहमति हुन नसक्दा निर्वाचनतर्फ जाने सम्भावना बढेको छ ।

    कांग्रेसले अब ११ वैशाखमा संसदीय दलको नेता चयनका लागि मतदान गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images