images
images
  • बालेन सरकारले ६२ हजार नेपालीलाई धपायो, पुगे इरानी आक्रमणको दायरमा परेका देशमा

    काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैतमा करिब ९ हजारले वृद्धि भई कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    चैतमा मात्रै करिब ६२ हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

    तीमध्ये ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिला रहेका छन् ।

    नयाँ श्रम स्वीकृति लिने २० हजार ५४५ जना हुँदा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४१ हजार २७४ पुगेको छ ।

    गन्तव्यका हिसाबले मलेसिया पहिलो स्थानमा रहेको छ, जहाँ १८ हजार ६४९ जना गएका छन् ।

    युएई, कतार र साउदी अरब पनि प्रमुख रोजाइमा परेका छन् ।

    यी देश इरानी आक्रमणको दायरामा छन् ।

    पछिल्लो समय रोमानिया, जापान र साइप्रसजस्ता देशमा पनि आकर्षण बढ्दो देखिएको छ ।

    जिल्लागत रूपमा धनुषा, सिराहा र महोत्तरीबाट सबैभन्दा धेरै श्रमिक विदेशिएका छन् ।

    सीपका आधारमा हेर्दा अधिकांश (४२ हजारभन्दा बढी) दक्ष श्रमिक रहेका छन् भने १३ हजारभन्दा बढी असिप, ६ हजारभन्दा बढी अर्धदक्ष, र अत्यन्तै कम सङ्ख्यामा उच्च दक्ष तथा प्रोफेसनल श्रमिक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images