काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको नेताका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य आकांक्षी देखिएका छन् ।
आङ्देम्बे देउवा समूहबाट समर्थित छन् भने केसी र आचार्य संस्थापन (विशेष महाधिवेशन पक्षधर) लाइनमा छन् ।
केसीले आफू नभए आचार्यलाई अघि सार्नुपर्ने अडान लिएका छन्, जसले पार्टीभित्र सहमति जटिल बनेको छ ।
संसदीय दलको नेता संवैधानिक परिषद् सदस्यसमेत हुने भएकाले प्रतिस्पर्धा चर्किएको हो ।
सर्वसम्मत प्रयास असफलजस्तै देखिएपछि निर्वाचनमार्फत् नेता चयन हुने सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्






















