images
images
  • सेयर बजार निरन्तर ओरालोतर्फ, कारोबार पनि घट्यो

    काठमाडौं– बिहीबार पनि सेयर बजार घट्ने क्रम रोकिएन ।

    नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७ मा झरेको छ ।

    लगातार चौथो दिन बजार ओरालो लागेको हो ।

    कारोबार रकम पनि घट्दै ७ अर्ब ८१ करोडबाट ५ अर्ब ९ करोडमा सीमित भयो ।

    ४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ स्थिर रहे ।

    उत्पादन तथा प्रशोधन र व्यापार समूह सामान्य बढ्दा अन्य अधिकांश समूह घटे ।

    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले झर्‍यो ।

    पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको मूल्य १५ प्रतिशतले बढ्दा सूर्यकुन्ड हाइड्रो सबैभन्दा धेरै ११.७९ प्रतिशतले घट्यो ।

    कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत्, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images