काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका रहेका छन् ।
घाइतेमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
बाँकी घाइतेहरूको प्राथमिक उपचार भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















