काठमाडौं– २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान मन्त्रिपरिषद्ले उल्ट्याएको छ ।
त्यसबेला महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने र प्रतिष्ठानलाई काभ्रेको पनौती सार्ने निर्णय भएको थियो ।
तर, हालको सरकारले उक्त निर्णय खारेज गर्दै महाराजगञ्जकै ११४–३–०–० रोपनी जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















