काठमाडौं– मन्त्रिपरिषद् बैठकले तीन मुख्य निर्णय गरेको छ ।
बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौता सम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी पूर्व निर्णय उल्ट्याउँदै सो जग्गा पुनः प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरिएको छ ।
सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल पनि गठन गरिएको छ ।
सरकारी प्रवक्ता सस्मित पोखरेलका अनुसार अतिक्रमित सुकुमबासी बस्ती खाली गर्ने विषय भने बैठकमा छलफल भएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















