images
images
  • प्रहरीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    काठमाडौं– सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने पूर्वनिर्णय खारेज गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्ट्याउँदै प्रतिष्ठानको जग्गा प्रहरीकै मातहतमा रहने निर्णय गरेको हो ।

    यसअघि २०७५ साल भदौ १ गतेको निर्णयअनुसार महाराजगञ्जस्थित ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

    तर, पछिल्लो निर्णयसँगै उक्त योजना खारेज भएको छ ।

    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अब प्रहरी प्रशिक्षण प्रतिष्ठान सोही स्थानमै कायम रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images