images
images
  • सुकुम्बासीलाई लजमा राखिने, बस्तीमा चलाइँदै डोजर

    काठमाडौं– काठमाडौंका खोला–किनारका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री बालेन शाहले शनिबार–आइतबारभित्रै बस्ती खाली गराउने गरी सुरक्षा निकायलाई निर्देशन दिएको दाबी गर्दै समाचार सार्वजनिक भएको छ ।

    समाचार अनुसार सुरक्षाकर्मी र महानगरसँग समन्वय गरेर बस्ती खाली गराई त्यहाँका बासिन्दालाई अस्थायी रूपमा लजमा राख्ने र त्यसपछि उनीहरूको प्रमाणीकरण गर्ने योजना अघि सारिएको छ ।

    लज तथा व्यवस्थापन खर्च महानगरले व्यहोर्ने भनिएको छ ।

    तर, यस प्रक्रियामाथि प्रश्न उठाइएको छ ।

    कानुनअनुसार पहिले सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण र पुनर्वासको प्रक्रिया अघि बढाउनुपर्ने भए पनि सरकार त्यसलाई नछोई सिधै बस्ती हटाउने चरणमा गएको भन्दै आलोचना भएको छ ।

    सत्तापक्षका केही सांसद र स्थानीय प्रतिनिधिहरूले पनि यस्तो हतारले द्वन्द्व बढ्न सक्ने चेतावनी दिएका छन् ।

    महानगरका प्रतिनिधिहरूले भने प्रक्रिया र कानुनी आधारअनुसार मात्र अघि बढ्नुपर्ने बताएका छन् ।

    उपत्यकाका नदी किनारमा करिब चार हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको अनुमान छ, जसमा वास्तविक सुकुम्बासी र अन्य बसोबासी छुट्याउने काम अझै पूरा भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images