images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– बिहीबार पनि सुन–चाँदीको भाउ घटेको छ ।

    आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ ।

    अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो ।

    गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images