काठमाडौं– विदेशमा रहेका नेपालीको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्ने उद्देश्यले रास्वपाले ‘प्रोफाइल बैंक’ स्थापना गर्ने भएको छ ।
प्रवास विभागको नेतृत्वमा सञ्चालन हुने यो पहलमार्फत विदेशमा रहेका नेपालीको दक्षता, लगानी अवसर र उद्यमशीलतासम्बन्धी तथ्यांक संकलन गरिनेछ ।
त्यसपछि आइडिया बैंकमार्फत स्टार्टअप, रोजगारी र लगानी परियोजनाहरू अघि बढाइने योजना छ ।
रास्वपाले प्रवासमा १० लाख सदस्य विस्तार गर्ने लक्ष्यसहित अभियान चलाउने भएको छ ।
साथै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, दोहोरो नागरिकता, सम्पत्ति अधिकार र प्रशासनिक झन्झट हटाउने विषयमा पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रवासमार्फत नेपालका उत्पादनलाई विश्व बजारसँग जोड्ने, आपतकालीन सहायता प्रणाली सञ्चालन गर्ने र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन गर्ने कार्यक्रम पनि समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















