काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।
विवरणअनुसार उनको करिब ३ करोड रुपैयाँ बैंक मौज्दात, सात ठाउँमा घरजग्गा, २० तोला सुन र २५० तोला चाँदी रहेको छ ।
टोखामा पत्नीको नाममा २ करोड २० लाखको घर, सामाखुसीमा आमाको नाममा घर तथा काठमाडौं, तनहुँ, धनगढी र रुपन्देहीमा विभिन्न जग्गा रहेको उल्लेख छ। तारकेश्वरमा पनि पत्नीको नाममा ६९ लाख बराबरको जग्गा छ ।
सेयरतर्फ उनले बैंक तथा वित्तीय संस्थामा २,९४८ कित्ता, हाइड्रोमा ३,६०६ कित्ता र बीमा कम्पनीमा ३६ कित्ता राखेका छन्। परिवारसहित कुल ७,३४५ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।
उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ३ करोड रुपैयाँ बचत रहेको र केही ऋण तिरिसकेको पनि जानकारी दिएका छन् ।
साथै, उनीसँग ईभी गाडी र मोटरसाइकलसमेत रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















