काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले विभिन्न क्षेत्रका कम्पनीहरूमा सेयर लगानी गरेको खुलासा भएको छ ।
उनले पेश गरेको सम्पत्ति विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा २ हजार ९४८ कित्ता सेयर रहेको देखिएको छ ।
यस्तै, जलविद्युत क्षेत्रमा ३ हजार ६०६ कित्ता सेयर लगानी रहेको उल्लेख गरिएको छ भने बीमा कम्पनीहरूमा ३६ कित्ता सेयर रहेको छ ।
उनको परिवारका सदस्यहरूको नाममा पनि सेयर लगानी रहेको पाइएको छ ।
श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा ५११ कित्ता तथा बीमा क्षेत्रमा १२ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा २२० कित्ता र बीमा क्षेत्रमा १२ कित्ता सेयर रहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















