images
images
  • अमेरिका–इरान तनावपछि समुद्रमा पोखियो तेल, पर्यावरणीय खतरा बढ्यो

    काठमाडौं– अमेरिका–इरान सैन्य तनावपछि फारसको खाडी र होर्मुज जलमार्ग क्षेत्रमा ठूलो मात्रामा तेल चुहावट भएको दृश्य उपग्रह तस्बिरबाट देखिएको छ।

    सीएनएनका अनुसार इरानका केश्म र लावान टापु तथा कुवेतको तटीय क्षेत्रमा समुद्रमा तेल फैलिएको स्पष्ट देखिन्छ।

    विज्ञहरूले चेतावनी दिएका छन्, समयमै नियन्त्रण नभए यसले समुद्री जैव विविधता, तटीय बस्ती र खानेपानी आपूर्तिमा गम्भीर संकट ल्याउन सक्छ।

    तेल फैलावटले माछापालन, स्थानीय जीविकोपार्जन र डिस्यालिनेसन प्लान्टहरूमा समेत असर पार्ने जोखिम छ।

    विशेषगरी संरक्षित कोरल टापुहरू, कछुवा, डल्फिन र अन्य समुद्री जीवका लागि यो ठूलो खतरा बनेको छ।

    तेलले खाद्य श्रृंखला र पारिस्थितिकी प्रणालीमा दीर्घकालीन क्षति पुर्‍याउन सक्ने बताइएको छ।

    सैन्य आक्रमणको असर अब वातावरणीय संकटमा रूपान्तरित हुँदै गएको छ, जसले सम्पूर्ण खाडी क्षेत्रको स्वास्थ्य र अर्थतन्त्रलाई जोखिममा पारेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images