images
images
  • प्रम बालेनको दबाब खप्न नसकेपछि गुरुङले दिए गृहमन्त्रीबाट राजीनामा

    काठमाडौं– सुधन गुरुङले अन्ततः पद जोगाउने प्रयास असफल भएपछि गृहमन्त्रीबाट राजीनामा दिएका छन् ।

    मंगलबार रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग भएका भेटघाटमा गुरुङले छानबिन समिति गठन गरेर पदमा रहिरहने प्रस्ताव राखेका थिए ।

    तर, सरकारले सुशासनमा ‘शून्य सहनशीलता’ नीति अपनाउँदै उनलाई मार्गप्रशस्त गर्न दबाब दिएको थियो ।

    सम्पत्ति विवरणमा उल्लेख नभएको माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर, अपारदर्शी सम्पत्ति स्रोत र विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न उठेका थिए ।

    सुरुमा स्पष्टीकरण दिने प्रयास गरे पनि अन्ततः बढ्दो दबाबका कारण उनले राजीनामा दिएका हुन् ।

    सरकारले चाहेको खण्डमा अब यस प्रकरणमा थप अनुसन्धान हुन सक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images