images
images
  • रिक्त शक्तिशाली गृहमन्त्री पद कसले सम्हाल्छ अब ?

    काठमाडौं– बालेन शाहले हाललाई गृहमन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने भएका छन् ।

    सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफ्नै मातहत राखेको सचिवालयले जनाएको छ ।

    विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए ।

    निष्पक्ष छानबिनका लागि भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

    सरकार गठन भएको २६ दिनमै उनले राजीनामा दिएका हुन् ।

    सम्पत्ति विवरणमाथि प्रश्न उठ्नुका साथै माइक्रो इन्स्योरेन्समा लगानी र सामाजिक संस्था ‘हामी नेपाल’मार्फत आएको सहयोग व्यक्तिगत खाताबाट कारोबार गरेको विषय सार्वजनिक भएपछि उनीमाथि दबाब बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images