काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन् ।
कार्यशैली र व्यक्तिगत अपारदर्शितासम्बन्धी विवादका कारण उनीहरूले पद छोड्नुपरेको हो ।
यसअघि श्रममन्त्री दीपककुमार साह आफ्नी पत्नीलाई बिमा बोर्डमा अनधिकृत रूपमा संलग्न गराएको आरोपपछि १३ दिनमै हटाइएका थिए ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमाथि उठेका प्रश्न र थप लगानीसम्बन्धी विवादपछि बुधबार राजीनामा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















