काठमाडौं– गृहमन्त्री सुधन गुरुङ पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिएका छन् ।
विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
त्यसपछि उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
पद सम्हालेपछि उनले ‘ठूला माछा’ समात्ने अभियानमा आक्रामक भूमिका देखाए पनि केही दिनयता आफ्नै लगानी र स्वार्थको द्वन्द्वबारे उठेका प्रश्नका कारण आलोचनाको केन्द्रमा परेका थिए ।
राजीनामाको माग चर्किंदै गएपछि उनले अन्ततः पदबाट अलग हुने निर्णय गरेका हुन् ।
उनको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ, जसले थप विवाद निम्त्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















