काठमाडौं– भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण क्षेत्रमा गहिरो रूपमा कायम छ ।
जङ्गलका बाटो, खेत र नदी किनारमा गाडिएका सयौँ बारुदी सुरुङ र आइइडीहरूले सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखिरहेका छन् ।
मध्य भारतका वन क्षेत्रमा माओवादी लडाकूहरूले वर्षौंसम्म दबाबमा विस्फोट हुने इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) गाड्दै आएका थिए, जसलाई माटोमुनि वा जङ्गली बाटोमा लुकाइन्थ्यो ।
साधारण सामग्रीबाट बनाइएका ती विस्फोटकहरू अत्यन्त घातक सावित भए ।
सरकारले माओवादी प्रभाव अन्त्य भएको घोषणा गरे पनि खतरा पूर्ण रूपमा हटेको छैन ।
हालैका वर्षहरूमा पनि सुरक्षाबल र स्थानीय दुवै यसको शिकार भइरहेका छन् ।
छत्तीसगढको बस्तर क्षेत्रमा मात्रै पछिल्ला वर्षहरूमा सयौँ सुरक्षाकर्मी मारिएका र हजारौँ घाइते भएका छन् भने सर्वसाधारण पनि प्रभावित भएका छन् ।
स्थानीय बासिन्दा र पीडितहरूले अझै पनि दैनिक जोखिम सामना गर्नुपरेको छ ।
धेरैले विस्फोटमा अंग गुमाएका छन्, र आर्थिक तथा सामाजिक रूपमा समेत गम्भीर कठिनाइ भोगिरहेका छन् ।
सरकारी तथ्याङ्कअनुसार हरेक वर्ष सयौँ आइइडी फेला पारेर निष्क्रिय पारिए पनि समस्या अझै व्यापक छ ।
प्रहरी र प्रशासनले जटिल भौगोलिक अवस्थाका कारण बस्तर क्षेत्रलाई पूर्ण रूपमा विस्फोटकमुक्त घोषणा गर्न अझै चुनौती रहेको बताउँदै आएका छन् ।


विश्व खबर 




















