काठमाडौं– सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्यसमेत त्याग गरेका छन् ।
यसअघि १८ चैतमा अध्यक्ष परिषद् सदस्यबाट राजीनामा दिएका उनले आज पार्टीसँगको पूर्ण सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता, कार्यकर्ता र सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि देश र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
उनले प्रलोपाबाट राजीनामा दिएसँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने बुझिएको छ ।
सो पार्टीमा उनी वरिष्ठ नेता बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस्






















