images
images
  • युद्धरत इरानसँग ७० प्रतिशत मिसाइल सुरक्षित रहेको अमेरिका–बेलायत गुप्तचरको खुलासा

    काठमाडौं– लामो समयदेखि जारी तनाव र द्वन्द्वका बाबजुद इरानसँग अझै ठूलो मात्रामा घातक हतियार मौज्दात रहेको बेलायत र अमेरिकाका नयाँ गुप्तचर विश्लेषणहरूले देखाएका छन् ।

    प्रतिवेदनअनुसार, द्वन्द्वअघि रहेको क्षमताको तुलनामा इरानसँग करिब ७० प्रतिशत मिसाइल भण्डार अझै सुरक्षित छ भने करिब ६० प्रतिशत प्रक्षेपण प्रणालीहरू इरानी सेनाकै नियन्त्रणमा रहेका छन् ।

    त्यस्तै, करिब ४० प्रतिशत ड्रोन क्षमता पनि अझै बाँकी रहेको उल्लेख गरिएको छ ।

    इरानको खाताम अल-अम्बिया सेन्ट्रल हेडक्वार्टरका कमान्डर अलि अब्दुल्लाहीले देशको सैन्य अवस्था अझै बलियो रहेको दाबी गरेका छन् ।

    उनले डोनाल्ड ट्रम्पलाई भ्रामक अभिव्यक्ति नदिन चेतावनी दिँदै आवश्यक परे नयाँ सैन्य रणनीति अपनाउने संकेत समेत दिएका छन् ।

    क्षेत्रीय अवस्थालाई थप जटिल बनाउँदै विज्ञहरूले बाब अल-मन्डेब जलडमरूमध्यमा जोखिम बढ्न सक्ने बताएका छन् ।

    यदि हौती विद्रोही पूर्णरूपमा युद्धमा संलग्न भए, उक्त जलमार्ग बन्द हुन सक्ने खतरा छ ।

    होर्मुज जलडमरूमध्यसँगै यो मार्ग अवरुद्ध भएमा विश्वव्यापी तेल आपूर्ति र व्यापार प्रणालीमा गम्भीर असर पर्न सक्छ ।

    यसैबीच, जेडी भान्स शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप पाकिस्तान जाने तयारीमा रहेका छन् ।

    यसअघि भएका वार्ताहरू इरानले केही सर्तहरू अस्वीकार गरेपछि निष्कर्षमा पुग्न सकेका थिएनन् ।

    वार्तामा अमेरिका ले युरेनियम संवर्धन पूर्ण रूपमा रोक्नुपर्ने माग राखेको छ ।

    साथै, करिब ४४० किलोग्राम उच्च संवर्धित युरेनियम हस्तान्तरण गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

    तर इरानले अमेरिकामाथि अविश्वास व्यक्त गर्दै वार्ताको क्रममा पुनः आक्रमण नहुने स्पष्ट ग्यारेन्टी माग गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images