images
images
  • रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस

    काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

    अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट दर्ता भने भइनसकेको र हाल अध्ययनको चरणमा रहेको छ ।

    कानुनका विद्यार्थी आयुष बडालले मंगलबार दायर गरेको रिटमा संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र लामिछाने स्वयंलाई विपक्षी बनाइएको छ ।

    रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई सांसदका रूपमा काम गर्न नदिन परमादेश माग गरिएको छ ।

    निवेदनमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ अनुसार अभियोग लागेपछि पदबाट स्वतः निलम्बन हुनुपर्ने दाबी गरिएको छ ।

    साथै, पदमा रहँदा अनुसन्धानमा स्वार्थको द्वन्द्व र प्रभाव पर्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images