images
images
  • रजत जयन्तीमा नेपाल लाइफ इन्स्योरेन्सको अफर, बीमालेख नवीकरणमा पूरा शुल्क छुट

    काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती)को अवसर पारेर व्यतीत बीमालेख पुनर्जागरणका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।

    वर्तमान आर्थिक चुनौतीका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेको अवस्थालाई ध्यानमा राख्दै, बीमितहरूलाई सहज रूपमा पुनः बीमा सुरक्षा दायरामा ल्याउने उद्देश्यले कम्पनीले विलम्ब शुल्कमा आकर्षक छुट दिने निर्णय गरेको हो। यसअनुसार, मिति २०८३ वैशाख ७ गतेदेखि २०८३ जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

    रजत जयन्तीको अवसरमा पहिलोपटक यति ठूलो स्तरको विलम्ब शुल्क छुट योजना ल्याइएको कम्पनीले जनाएको छ। ३० दिनको सीमित अवधिका लागि लागू गरिएको यस योजनाबाट व्यतीत बीमालेख भएका बीमितहरूले लाभ उठाई आफ्नो बीमालेख पुनः सक्रिय गर्न सक्नेछन्।

    कम्पनीले सम्पूर्ण बीमितहरूलाई यो अवसरको सदुपयोग गर्दै आफ्नो बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

    देशकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको छ। विगत २५ वर्षदेखि लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको कम्पनीले ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।

    यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्ने यथार्थलाई ध्यानमा राखेर यस्तो योजना ल्याइएको बताए। उनले बीमितहरूलाई यस अवसरको उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images