images
images
  • आफूले हारेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई रास्वपाले तोक्यो कमाण्डर (सूचीसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा आफ्नो तर्फबाट चयन भएका समानुपातिक सांसदहरूलाई निर्वाचन क्षेत्रगत जिम्मेवारी तोकेको छ ।

    आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फ पराजित भएका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    उक्त निर्णयलाई सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

    पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले मंगलबार जानकारी दिँदै भने, ‘पार्टीले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेका क्षेत्रमा संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारका लागि समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो।’

    उनका अनुसार, जिम्मेवारी तोकिएका सांसदहरूले सम्बन्धित क्षेत्रमा पार्टीको संरचना मजबुत बनाउने, स्थानीय मुद्दा पहिचान गर्ने र आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने भूमिका निर्वाह गर्नेछन् ।

    कुन सांसदलाई कुन क्षेत्रको जिम्मेवारी दिइएको छ भन्ने विस्तृत सूची पार्टीले सार्वजनिक गरेको छ ।

    सूची :

    1 9

    2 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images