images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो (मूल्यसहित)

    काठमडौं– मंगलबार सुनको भाउ बढेको छ ।

    अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।

    चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ ।

    अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो ।

    गत मंगलबार चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images