images
images
  • राप्रपा फुट उन्मुख : अध्यक्ष लिङ्देन कठोर बन्दा महाधिवेशन माग गर्न छुट्टै मोर्चा कस्दै पूर्वअध्यक्षहरू

    काठमाडौं– निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देन ‘नो कम्प्रोमाइज’को अडानमा देखिँदा महामन्त्री धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्षले तत्काल महाधिवेशनको मिति तोक्न दबाब बढाएको छ ।

    धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्रैबाट क्षति पुर्‍याउनेहरूसँग सम्झौता नहुने स्पष्ट पार्दै कठोर सन्देश दिएका छन् ।

    यता असन्तुष्ट पक्षले जेठभित्रै महाधिवेशन गरिनुपर्ने मागसहित पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापासहितको समर्थन जुटाउन सक्रियता बढाएको छ ।

    यसैबीच सांसद ज्ञानेन्द्र शाहीले फरक विचारको सम्मान नगरे पार्टीमा तानाशाही प्रवृत्ति हाबी हुनसक्ने चेतावनी दिँदै एकता कायम गर्न आग्रह गरेका छन् ।

    पार्टीभित्र ध्रुवीकरण बढ्दै जाँदा नेतृत्व र इतर पक्षबीचको टकराव अझै तीव्र हुने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images