images
images
  • बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटको आकार घटाउँदै, जनआकांक्षा बढ्दै

    काठमाडौं– चालु आर्थिक वर्षका लागि सरकारले सुरुमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षापछि त्यसलाई घटाएर १६ खर्ब ८८ अर्बमा सीमित गरिएको छ ।

    तर, हालसम्म उक्त बजेटको करिब ५५ प्रतिशत मात्रै कार्यान्वयन भएको छ ।

    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भने बजेटको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ तोकिएको छ, जुन संशोधित बजेटको तुलनामा करिब ११ प्रतिशत कम हो ।

    अर्थ मन्त्रालयले बजेटको प्रारम्भिक मस्यौदा तयार पार्ने काम अघि बढाइसकेको छ भने जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

    बजेटको आकार घटे पनि नयाँ सरकारप्रति जनअपेक्षा उच्च रहेको विज्ञहरूको भनाइ छ ।

    उनीहरूका अनुसार अबको बजेटले आर्थिक गतिविधि चलायमान बनाउनुका साथै जनताको अपेक्षा सम्बोधन गर्नुपर्ने चुनौती छ ।

    यता, चालु वर्षमा बजेट कार्यान्वयन सुस्त देखिएको छ ।

    विशेष गरी पुँजीगत खर्च कमजोर रहेको छ भने राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन ।

    पूर्वतयारीको अभाव, नीतिगत ढिलाइ, राजनीतिक अस्थिरता र प्रशासनिक जटिलताले खर्च प्रभावित भएको विश्लेषण गरिएको छ ।

    विज्ञहरूले बजेटको आकार बढाउनुभन्दा कार्यान्वयन क्षमता सुधार, आयोजनाको प्राथमिकीकरण र सुशासनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

    साथै, राजस्व चुहावट नियन्त्रण र निजी क्षेत्रको विश्वास बढाउन सके आर्थिक सुधारको आधार बलियो बन्ने उनीहरूको धारणा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images