images
images
  • एमाले नेतृत्व परिवर्तनका लागि उपाध्यक्ष पोखरेल र महासचिव पोडेलको मोर्चाबन्दी, संकटमा ओली

    काठमाडौं– केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भित्र चुनावी पराजयपछि असन्तुष्टि तीव्र बनेको छ ।

    उपाध्यक्ष विष्णु पौडेलले चुनावलगत्तै नेतृत्व र नीतिको पुनर्गठन आवश्यक रहेको संकेत दिएका थिए र अहिले नेतृत्व परिवर्तनका लागि आन्तरिक संवाद अघि बढाइरहेका छन् ।

    ओलीले चुनावी हारको नैतिक जिम्मेवारी लिन नचाहेपछि पार्टीभित्रका नेताहरू विशेषगरी महासचिव शंकर पोखरेल लगायत अब वर्तमान नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।

    यद्यपि, जबर्जस्ती हटाउँदा पार्टी फुट्न सक्ने चिन्तासमेत देखिएको छ ।

    जेनजी आन्दोलन, सरकारबाट हटाइने अवस्था र चुनावी हारले ओलीको लोकप्रियतामा गिरावट आएको विश्लेषण भइरहेका बेला उनले भने बाह्य षड्यन्त्र र ‘अल्गोरिदम’ लाई दोष दिँदै आएका छन् ।

    साथै, नेकपासँग एकता प्रयास पनि आन्तरिक संकट टार्ने रणनीतिका रूपमा हेरिएको छ ।

    पार्टीभित्रका धेरै नेता संगठन जोगाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताइरहेका छन् भने ओली भने अझै पद नछाड्ने अडानमै देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images